×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ पावर कम्पनीको आइपीओमा आवेदकको ओइरो, पर्यो १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामलिङ पावर कम्पनीको आइपीओमा आवेदकको ओइरो, पर्यो १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओमा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार दिउँसो २ बजेसम्म ९ लाख ४८ हजार ४०५ जनाले १ करोड १३ लाख ८६ हजार २३० कित्ताका लागि आवेदन दिएको जनाएको हो । जुन माग भन्दा १६.७७ गुणा बढी आवेदन हो ।
यस कम्पनीले हिजो बिहीबारदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि खुला गरिएको हो । लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी