×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४७ करोडको लागतमा निर्माण गरिएको सवस्टेशनबाट सेवा सुरु, विद्युत् प्रवाह भएपछि स्थानियवासी खुसी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

४७ करोडको लागतमा निर्माण गरिएको सवस्टेशनबाट सेवा सुरु, विद्युत् प्रवाह भएपछि स्थानियवासी खुसी

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१ मा निर्माण गरिएको १३२/३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह सुरु गरेको छ । करिब रु ४७ करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले नजिकिँदै गरेको पर्व तिहारलाई झिलीमिली बनाउने भएको छ । लालबन्दी नगरपालिका-१ मा निर्माण गरिएको जिल्लाकै ठूलो आयोजनाले वितरण गरेको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय वनाउन सवस्टेशन निर्माण गरिएको जनाइएको छ । सवस्टेशनबाट विद्युत् प्रवाह भएपछि आफूहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानीय हरिप्रसाद धमलाले बताउनुभयो । कोरोना महामारी, वर्षायाम र चाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसके पनि आफूहरुले काम गर्न कुनै कमी नगरेको पावाटेक वाइवा जेभी कम्पनीका प्रतिनिधि एचपी लामाले बताउनुभयो ।

ट्रान्सफर्मर कात्तिक २ गतेदेखि नै चार्ज गर्न सुरु गरिएको र नवलपुरबाट विद्युत् प्रवाह सुरु भएपछि सर्लाहीमा विद्युतीय समस्या समाधान हुने आयोजना प्रमुख निरन्जन साहले बताउनुभयो । उहाँका अनुसार समयमै काम सकेर दसैँदेखि नै विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेकामा लकडाउनका कारण समस्या परेको र अबको एक महिनामा निर्माणको सानोतिनो सबै काम सकिने भए पनि विद्युत् प्रवाह भने आजैबाट सुरु भएको छ । सवस्टेशन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपछि हरिपुर तथा मलङ्गवाका सवस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहको भनाइ थियो । जिल्लाका तीन वटै सवस्टेशन ३३/११ केभीएका मात्र रहेका कारण समस्या हुँदै आएको थियो । अब यो सवस्टेशन बनेपछि समस्या समाधान हुने विश्वास लिइएको छ ।

अहिले तीनवटै सवस्टेशनलाई धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सवस्टेशनबाट विद्युत् ल्याउनु परेकामा अब नवलपुरको सवस्टेशन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सवस्टेशनबाट समेत सेवा सञ्चालन हुनेछ । बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेका कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो । त्यही समस्या समाधान गर्न जिल्लामै सवस्टेशन निर्माण भइरहेको आयोजना प्रमुख साहले बताउनुभयो । यो सवस्टेशनका लागि ढल्केबर ग्रिड शाखाबाट पनि सेवा सञ्चालन हुनेछ । उहाँका अनुसार हरिपुर र मलङ्गवा सवस्टेशनलाई नवलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्नेछ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब रु ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५/०७६ देखि सवस्टेशन निर्माणको पावाटेक वाइवा जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो । कोरोना महामारी, वर्षायाम, चाडपर्व आदिका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पूर्ण काम आव २०७८/०७९ भित्रैसम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताउनुभयो । जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याउनका लागि सवस्टेशन निर्माणको काम गरिएको र अबको करिब एक महिनामा निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी