काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९ शाखामार्फत १२ गते शुक्रबार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १२ गतेका दिन देशभर रहेको ९९ शाखा कार्यालयहरु मध्ये इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।
इटहरी शाखा कार्यालयले बौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था ‘माया घर’ लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र स्थानीय समूदायमा सरसफाइ कार्यक्रम गरेको थियो । त्यस्तै वैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाई गरेको थियो । काठमाडौं, चावहिल स्थित चावहिल शाखा कार्यालयले चावहिल गणेशस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो । साथै वयलवास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाई र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाई कार्यक्रम गरेका थिए ।
बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण लगायतका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गरी विभिन्न शाखा कार्यालयमार्फत आजको कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय व्यक्तिहरुको सहभागिता रहेको थियो । यस किसिमका सहयोग सम्वन्धि कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्