काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक ९ गतेका दिन सांग्रिला डेभलपमेन्ट बैंकले बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखा कार्यालयले देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थाहरुमा आवद्ध रहेका विभिन्न व्यक्तिहरुलाई वित्तीय साक्षारता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
वचतको महत्व सिकाउने, बैंकिङ कारोवार सम्बन्धि जन चेतनामुलक सन्देश प्रदान गर्ने, बिद्युतिय माध्यम द्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ सेवा सम्वन्धि जनचेतना सृजना गर्ने उद्देश्यका साथ विशेष गरी बैंकिङ सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यस सम्वन्धि कार्यक्रम आयोजना गरिएको हो ।
देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग ६५०० जनाले उक्त कार्यक्रममा भाग लिएका थिए ।
उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्