×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता लघुवित्त कम्पनीमा आकर्षित हुँदा ६८.४७ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता लघुवित्त कम्पनीमा आकर्षित हुँदा ६८.४७ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक भारी अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५० करोडमाथिको कारोबार भएको छ ।
अधिकाशं बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुका लागि लाभांश गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । मंगलबार पनि बजार ४१.८४ अंकले बढेको थियो । आज सबैभन्दा बढी कारोबार सिटिजन्स बैंकको भएको छ । यस कम्पनीको २३ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज उपसमूह बढेका छन् ।
यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स बैंकको भएको छ । यस कम्पनीको २३ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा मेरो माइक्रोफाइनान्स वित्तीय सस्था, हिमालयन डिस्टिलरी, सिटिजन्स बैंक, एनआइसी एसिया बैंक, निर्धन उत्थान लघुवित्त, हिमालयन डिस्टिलरी, छिमेक लघुवित्त र नेपाल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :
  
यसैगरी बुधबारको सेयर बजारमा किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी नेपाल लघुवित्त, सबैको लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्तलगायतका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :
यस्तै बुधबारको सेयर बजारमा रिडी हाइड्रपावर र न्यादी ग्रुपका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हेर्नुहोस्  बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी