काठमाडौं । सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने भएको छ। बैंकले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिकदेखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको हो ।
यसका लागि ग्राहकहरुले बैंकको EasyBank प्लाटफर्म https://easybank.siddharthabank.com प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सकिनेछ । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।
यस खाता खोल्नका लागि पहिला बैंकको मोबाइल बैंकिङ एप सिद्धार्थ BankSmart बाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकहरुले घरबाटै EasyBank वा BankSmart बचत प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । BankSmart बाट मात्र प्रदान गर्दै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्