×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफद्धारा अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न, आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता

GLOBAL IME BANK
SHREE KESH

सन नेपाल लाइफद्धारा अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न, आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता

१७ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धि विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताएका छन् । देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: