काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले साधारणसभा बोलाएको छ । क्यापिटलले कात्तिक १२ गते शुक्रबार उक्त सभा बोलाएको हो । उक्त सभामा क्यापिटलले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभा सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०७७७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डामा पनि छलफल हुने क्यापिटलले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।