काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले कात्तिक २७ गते १३औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थालाई मर्जर वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने रहेको छ ।
कम्पनीले सभाका लागि कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार कात्तिक ११ गतेसम्मका सेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्