×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लियो, सात वटा टावर निर्माण सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लियो, सात वटा टावर निर्माण सम्पन्न

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न गरिएका छन् । कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने छ वटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका-६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको घिमिरेले बताउनुभयो । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण गरिएको छ ।

आयोजनाले तीनवटै प्याकेजका कामलाई तीव्रता दिइरहेको छ । प्याकेज-१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । प्याकेज-१ अन्तर्गतको नदी फर्काउने, बाँध निर्माणलगायत पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेशन, भियतनाम-कालिका कन्सट्रक्शन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरुले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङसम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।

प्याकेज-२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । सोअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम चलिरहेको छ । सिनो हाइड्रोले हालसम्म पाँचवटा सुरुङको काम सकेको छ । एक सय ९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: