ताप्लेजुङ । ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । गत आइतबारदेखि बुधबार साँझसम्म अविरल वर्षाका कारण अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध भएको थियो ।
इटहरी, विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दीपेन खवासले बताउनुभयो । नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० भन्दा बढी ल्यान्डलाइन टेलिफोन, मोबाइल सेवा, इन्टरनेट सेवा प्रायः ठप्प भएको थियो । इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैंङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ । इन्टरनेट नचलेकाले तीन दिनदेखि बैंकिङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प बनेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्