×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ ट्याक्सीको दर्ता खोल्न अघि बढेका डिजीलाई ट्याक्सी व्यवसायीको पहलमा सरुवा गर्न खोजिँदै !

अनुसा थापा । उपत्यका भनौ या काठ्माडौंमा विगत ३ दशकदेखि नँया ट्याक्सीको दर्ता बन्द छ । अरु प्रदेशमा पनि ट्याक्सीको नँया दर्ता खोलेको छैन् । ट्याक्सी व्यवसायीले लगाएको सिण्डिकेटदेखि लिएर वर्षौदेखि जमाएको एकाधिकार सरकारलाई तोड्न दिएको छैन् । ट्याक्सीको बेथिति बढ्यो, जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाएनन् र ट्याक्सीको ठगीधन्दा बढ्दै गयो भनेर यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले नँया ट्याक्सीको दर्ता नखोल्दा जनता र राष्ट्र्को लागि घाटा भएको उल्लेख गरे ।
जनताले आवश्यकता परेको बेलामा ट्याक्सी पाउदैनन् । मिटरमा हिड्न ट्याक्सी चालक मान्दैनन् । ट्याक्सी पाएपनि मँहगो भाँडाको चपेटामा परिन्छ । त्यसैले विभागका डिजीले नँया ट्याक्सीको दर्ता खोल्नलाई चाहेको हुन् । नँया ट्याक्सीको दर्ता खोल्दा राज्यको ढुकुटीम राजस्व आँउछ । विदेशिने युवाहरु आफ्नै देशमा स्वरोजगार बन्छन् । ट्याक्सीको ठगीधन्दा बन्द हुन्छ भने यातायात क्षेत्रमा पनि केही हदसम्म सुधार हुन्छ । अहिले उपत्यकामा सञ्चालनमा भएको ट्याक्सी सबै पुरानो, कबाडी र थोत्रा भइसकेको छन् । ती ट्याक्सीले प्रदुषण पनि निकै नै बढाइरहेको छ ।
त्यही भएर यातायात व्यवस्था विभागले जनता र राष्ट्र्को लागि यति राम्रो काम गर्न खोज्दा र नँया ट्याक्सीको दर्ता प्रक्रिया अघि बढाउन खोज्दा नेपाल यातायात व्यवसायी राष्ट्र्यि महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ यसको विरोधमा लागिसकेको छन् । यी दुई महासंघका नेताहरु अहिले आएका यातायातमन्त्रीलाई भनेर विभागको डिजीलाई सरुवा गर्ने तयारीमा छन् । सार्वजनिक यातायात केन्द्र्ीय महासंघका महासचिवले यदि विभागको डिजी नँया ट्याक्सीको दर्ता खोल्न अघि बढ्ने हो भने हामी आन्दोलनमा जान्छौ भनेर चेतावनी दिए ।
यता, नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले कुनै पनि हालतमा नँया ट्याक्सीको दर्ता खोल्न नदिने बताए । यदि सरकार अधि बढ्छ भने नेपाल यातायात व्यवसायी राष्ट्र्यि महासंघका कार्यकर्तासंग मिलेर सडकमा उत्रिने बताएको छन् । उनले भने, अहिले आएको मन्त्रीसंग हाम्रो महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य को राम्रो चिनजान छ । आवश्यकता पप्यो भने डिजी सरुवा गर्छौ । अहिले यातायात व्यवस्था विभागको डिजीमाथि चुनौती आइपुगेको छ । राष्ट्र् र जनताको लागि नँया ट्याक्सीको दर्ता खोलेर सरुवा हुने कि तयार हुनुपर्ने स्थिति डिजीमाथि आइपरेको छ ।
नँया ट्याक्सीको दर्ता खोल्दा ट्याक्सी व्यवसायीलाई घाटा हुन्छ । त्यसैले पनि ट्याक्सी व्यवसायी नँया ट्याक्सीको दर्ता रोक्न आफ्नो कदम अगाडि चालिसकेको छन् । ट्याक्सीको दर्ता खोल्यो भने ठग्न पाइदैन् भनेर अहिले भएको ट्याक्सी व्यवसायीको शान्ति हराइसकेको छ । ट्याक्सी व्यवसायीहरु आन्दोलन गर्नदेखि लिएर डिजी सरुवा गर्नतिर लागि परिसकेको छन् । २०७४ सालका डिजी रुपनारायण भट्टराई पनि यातायात समिति हटाएको कारण सरुवा भएका थिए । यातायात व्यवसायीको चुनौती अगाडि भटट्राई निर्डर भए र उनले समिति हटाएरै छाडे ।
उनले जनता र राष्ट्र्भन्दा ठुलो कोही होइन् भनेर यातायात समिति खारेज गरे जुन जनताको लागि योगदान बन्यो । कसैले हटाउन नसकेको यातायात समिति रुपनारायण भटट्राईले हटाए । अहिले भएको महानिर्देशकसंग आँट छ भने उनले नँया ट्याक्सीको दर्ता खोल्नैपर्छ । उनी साच्चिकै जनताका निर्देशक हुन् भने सरुवा हुनबाट डराउदैनन् । ट्याक्सी व्यवसायी र यी दुई महासंघका नेताहरुले नँया ट्याक्सीको दर्ता खोल्ने विभागका डिजीलाई हामी सरुवा गर्छौ । मन्त्री हाम्रो हातमा छ भनेर खुलेआम भनेका छन् । डिजी त सरुवा हुन्छन् नै तर हामी मन्त्रीलाई भनेर नँया ट्याक्सीको दर्ता रोक्छौ भनेर चुनौतीसमेत दिएको छन् ।
ट्याक्सी व्यवसायी र यातायात व्यवसायीले यसरी खुलेआम दादागिरी देखाउदाँ पनि यिनीहरुलाई कारबाही नगर्ने ? बाटो कब्जा गरेर जनता ठग्ने ट्याक्सी व्यवसायीको विरोधमा जनताले नै आवाज उठाउने समय आइसकेको छ । ट्याक्टरमा बसेजस्तो अनुभव हुने, जुम्रा भेटिने ट्याक्सी चलाएर जनता ठग्ने । पैसा तिरेर पनि जनताले राम्रो ट्याक्सी चढ्न नपाउने ? पैसा तिरेपछि छानीछानी सामान किन्न पाइन्छ भने ट्याक्सीचाहि किन रोजीरोजी चढ्न पाइदैन् । ट्याक्सी व्यवसायीहरु सरकारले नँया ट्याक्सीको दर्ता खोल्यो भने हामी आन्दोलन गर्छौ भनिसकेको छन् ।
आन्दोलन गर्ने ट्याक्सी व्यवसायीको दर्ता र रोडपरमिट सरकारले खारेज गरि दिनैपर्छ । सरकारलाई साथ दिदै जनताले पनि ट्याक्सी व्यवसायीको विरोधमा आवाज उठाउनैपर्छ । अहिले ट्याक्सी चढ्नेबित्तिकै फजुल चौध रुपिँया तिर्नुपर्छ । ट्याक्सी चढेबापत यात्रुले सेवाशुल्कसमेत तिर्नुपर्छ । न ट्याक्सीको पट्रेल खर्च भएको हुन्छ न यात्रुले सेवासुविधा पाएको हुन्छन् तापनि यो चौध रुपिँया किन ? जनता ट्याक्सी चढेबापत दिनमा एक करोड रुपिँया फोगट्टे तिर्नुपरेको छ । चौध हटाएर शुन्यबाट ट्याक्सी चलाउछु भन्नेले पनि ट्याक्सी किन्न पाएको छैनन् ।
अहिले प्रत्येक किमि ३९ छ त्यसलाई घटाएर २५ मा ल्याउछु भन्नेले पनि ट्याक्सी किनेर चलाउन पाएको छैनन् । ट्याक्सी व्यवसायी नँया ट्याक्सीको दर्ता खोल्न नदिने अनि जहिले जनता ठगिनुपर्ने । ट्याक्सी व्यवसायी, यातायात व्यवसायीले नँया ट्याक्सी खोल्ने डिजीलाई सरुवा गर्ने निर्णय लिइसकेको छन् । यदि यातायात मन्त्रीले त्यसो गर्छ भने जनताले यातायात मन्त्रीको राजीनामामा माग्नुपर्छ । अलि राम्रो काम गर्न खोज्नेलाई सरुवा गरिहाल्छन् । जनताको हितमा काम गर्न खोज्ने डिजीलाई सरुवा गर्ने यातायात मन्त्रीकै खिलाफमा जनता एकजुट भएर लाग्नुपर्छ ।
वर्षौदेखि यातायात क्षेत्र जस्ताकोतस्तै छ । न यातायात व्यवसायी गर्नेमा परिवर्तन आयो न त यातायात क्षेत्रमा कुनै सुधार । जनता कतिञ्जेल ठगिने ? कतिञ्जेल यातायात व्यवसायीको दमन सहेर बस्ने ? आजसम्म जसले यातायात क्षेत्रमा सुधा गर्न खोज्यो उसलाई यातायात मन्त्रीले सरुवा गरिदिएको छन् । नेपालको जनसंख्या मात्रै तिन करोडमाथि छ । उपत्यकामा लगभग एक करोड जनता बसोवास गर्छन् । विदेशबाट घुम्न आउने पाहुनाहरु पनि धेरै छन् । तर ट्याक्सीको संख्या छ जम्मा ९ हजार । जम्मा त्यति ट्याक्सीले विदेशी बोकोस् कि उपत्यकामा बस्ने सर्वसाधारण ।
विदेशीसम्म नेपालका ट्याक्सी व्यवसायीबाट ठगिएको छन् । ट्याक्सी व्यवसायीको दादागिरी दिनौ बढिरहेको छ । जनताको हितमा सरकारले केही काम गर्न खोज्यो भने सडकमा उत्रिहाल्छन् । अनि सरकार थुरुरु कापिहाल्छ । यसरी नि देश चल्छ । यातायात क्षेत्र सरकारले चलाउने हो कि यातायात व्यवसायीले । यसको जवाफ सरकार दिन पनि नसक्ने । जनताले पैसा तिरेर पनि ट्याक्सीबाट राम्रो सुविधा नपाउने । बिरामी गाह्रो भएर मर्न लागिसकेको हुन्छ अस्पताल जान ट्याक्सी पाइदैन् । ट्याक्सी पाएपनि घण्टौ मोलमोलाइ गर्नुपर्छ । सय तिरे पुग्ने बाटोमा यात्रुले पाँच सय तिरेको छन् ।
एयरपोर्टमा भएको हरियो प्लेटको ट्याक्सीको दर्ता २०५० सालमा बन्द भएको थियो । बन्द हुने बेलामा त्यहाँ भएको ट्याक्सीको संख्या २०७ अहिले पनि २०७ बटै छ २०८ कहिले हुने हो कसैलाई अत्तोपत्तो छैन् । २०७० सालमा त्यहाँ भएका ट्याक्सी बीस वर्ष पुगेकाले त्यसलाई विस्थापन गरियो । नँया ट्याक्सी त हालियो तर त्यही पुराना ट्याक्सीको सट्टाभरानामा । जसको कारण ट्याक्सीको बढेन् । एयरपोर्टमा चल्ने ट्याक्सीमा मिटर जडान गरिएको छैन् । हरियो प्लेटको ट्याक्सीलाई सरकारले तोकेको भाँडा प्रतिकिमि ७५ हो । तर त्यहाँ पनि ट्याक्सी व्यवसायीको आफ्नै मनोमानी छ ।
कालो प्लेटको ट्याक्सीको दर्ता बन्द भएको मिति २०५७ जेठ १७ । सरकारले ट्याक्सीको दर्ता बन्द गर्ने बेलामा ट्याक्सी संख्या ७५०० । जसमध्ये ५६५० पेट्रेलबाट चल्थ्यो बाँकी १८५० ट्याक्सी डिजेलबाट चल्थ्यो । डिजेलबाट चल्ने ट्याक्सी एकडेढ वर्षको अन्तरालमा विस्थापन भयो । २०५७ सालपछि उपत्यकामा जनसंख्या ह्वात्तै बढ्यो । उपत्यकामा अन्य जिल्लाका मानिसहर पनिबसोबास गर्छन् । २०७२ जेठ २८ गते सरकारले १८५० ट्याक्सी खोल्यो । २०७२ साउन २० गतेबाट भदौ २ गतेसम्म १५ दिने सुचना जारी गप्यो । एकजनाले एक हजार दश रुपिँउाराजस्व तिरेर फर्म बुझाए ।
१५ हजार ७५१ जनाले फर्म बुझाए जसमध्ये १८५० ले गोलाप्रथाबाट ट्याक्सी पाए । दिनभरि लाइनमा बसेर ट्याक्सी किन्नको लागि फर्म बुझाए । २०७२ वैशाख १२ गते भुइचालो गयो चौध जिल्लामा क्षति पुग्यो । यि जिल्लाका भुकम्पपिडितलाई १५०० ट्याक्सी दिने २०७२ चैत २१ गते निर्णय भयो । २०७३ साउन ५ देखि एक महिनाको अवधिको लागि यातायात व्यवस्था विभाग र यातायात कार्यालयले फर्म भर्न सुचना जारी गप्यो । एक जनाले एक सय दश रुपिँया बुझाएर फर्म भरे । १ लाख ४९ हजार ५ सय ५८ जनाले फर्म भरे । १५०० ले ट्याक्सी पाए अरु त हेरेको हेप्यै भए ।
बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट ११ लाखसम्म बिक्री हुन्छ । यदि जनताले नँया ट्याक्सीको दर्ता खोलिदिने हो भने जनताले त्यतिकै पाउँछन् । २०५७ साल अघि दुई लाखमा किनेर ट्याक्सीले आफैले चलाएर भाँडामा लाएर करोड कमाइसके । तैपनि नम्बर प्लेट लाखौमा बिक्री हुन्छ । पुराना स्क्रयाब गरेको नम्बर प्लेट किनेर ट्याक्सीमा दर्ता गर्छन् । अनि अर्को बीस वर्ष पनि आफै व्यवसायी गर्छन् । नँया व्यवसायी भित्रिन दिदैनन् । यो एउटा लुटको धन्दा होइन ? यस्तो लुटको धन्दा रोक्न खोज्ने डिजी नवराज घिमिरेलाई सरुवा गर्न खोजिदै छ । यातायात क्षेत्रमा भएको ठगी कसैले चाहेर पनि बन्द गर्न नसक्ने भयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: