काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा रहेको महालक्ष्मी मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट क्षति पुगेको सो मन्दिरको पुरातत्व विभाग, नगरपालिका र स्थानीयको सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको हो ।
बुधबार एक कार्यक्रमका बीच पुरातत्व विभागका निर्देशक जयराम श्रेष्ठले मन्दिरका संरक्षक मङ्गलदाश महर्जनलाई मन्दिरको साँचो हस्तान्तरण गर्नुभयो । पुरातत्व विभाग र चन्द्रागिरि नगरपालिकाको रु ६३ लाख तथा स्थानीयको रु २४ लाखको सहयोगमा मन्दिरको पुनःनिर्माण सम्पन्न भएको हो । २०७२ सालको गोरखा भूकम्पले महालक्ष्मी मन्दिरमा क्षति पुगेको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बलम्बुका ‘द्वारे’ पूर्णबहादुर महर्जनलाई सम्मान गर्नुभएको थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्