×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कञ्चनपुरमा भिजेको धान सुरक्षित स्थानतर्फ लाग्दै किसान, बबई खोलामा माछा मार्दै स्थानीयवासी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : कञ्चनपुरमा भिजेको धान सुरक्षित स्थानतर्फ लाग्दै किसान, बबई खोलामा माछा मार्दै स्थानीयवासी

४ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा काटेर सुकाइएको धान भिजेपछि पानीबाट निकालेर सुरक्षित स्थानतर्फ लाग्दै गरेका किसानदेखि घोराही –५ धर्नाको बबई खोलामा माछा मार्दै गरेका स्थानीयवासीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा काटेर सुकाइएको धान भिजेपछि पानीबाट निकाल्दै किसान ।

घोराही –५ धर्नाको बबई खोलामा माछा मार्दै स्थानीयवासी ।

अविरल वर्षाका कारणले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा डुबानमा परेको प्लाई उद्योग ।

भmरी र हुरीका कारण बारीमा नै ढलेको म्याग्दीको मालिका गाउँपालिकाको देविस्थानमा लगाइएको कोदोबाली । म्याग्दीका केही ठाउँमा मात्र कोदो खेती गरिन्छ ।

अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डुबानमा परेको स्थानीय कृषकको धानबाली ।

कुहिरोले ढाकिएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङडाँडा । केही दिनदेखि परेको वर्षाका कारण मौसम राम्रोसँग खुल्न सकेको छैन ।

लगातारको बर्षासँगै आएको बाढीमा परेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जनता चौकमा दुर्घटना भएको बस ।

सप्तरीको तिरहुत गाउँपालिकामा लगातार दुई/तीन दिनदेखि परेको अत्यधिक बर्षाका कारण सुन्दरी खोलामा आएको बाढीले बगाएको धानबाली उठाउँदै किसान ।

लगातार दुई/तीन दिनदेखि परेको अत्यधिक बर्षाका कारण सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको बीचमा रहेको खेतमा बाढीले क्षति गरेको धानबाली बचाउनको लागि पानीबाट धानबाली छान्दै किसान ।

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र ।

तनहुँको देवघाट गाउँपालिका–२ खाल्टेस्थित धानबाली वर्षाले नष्ट । केही दिनदेखि परेको वर्षाका कारण जिल्लाका अधिकांश ठाउँका धानबाली नष्ट भएको छ ।

दशैँपछि कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक गुरुङ बस्ती घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक फोटो खिच्दै ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६, इला डाँडाखण्डमा राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडकको ग्याबिन वाल बनाउँदै श्रमिक । कोरिडोरमार्फत नेपाल र चीन सडक सञ्जाल जोडिन तीन किलोमिटर मात्र बाँकी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी