×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लमजुङको राष्ट्रिय वाणिज्य बैंकमा पेन्सन लिनेको भीड, खाद्यान्न पाएपछिको खुशी भए व्याँसका स्थानीय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : लमजुङको राष्ट्रिय वाणिज्य बैंकमा पेन्सन लिनेको भीड, खाद्यान्न पाएपछिको खुशी भए व्याँसका स्थानीय

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लमजुङको बेँसीशहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय बाणिज्य बैंकमा मङ्गलबार पेन्सन लिन आएका नागरिकदेखि हेलिकप्टरबाट खाद्यान्न झारिएपछि दार्चुलाको व्याँस गाउँपालिकाका स्थानीय महिला खुशी हुँदै खाद्यान्न बोकेर लैजाँदै गरेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लमजुङको बेँसीशहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय बाणिज्य बैंकमा मङ्गलबार पेन्सन लिन आएका नागरिक ।

हेलिकप्टरबाट खाद्यान्न झारिएपछि बोकेर लैजाँदै व्याँस गाउँपालिकाका स्थानीय महिला । खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारका लागि हेलिकप्टरबाट छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकोप्टरबाट ढुवानी भइरहेको छ ।

लालीखर्कबाट देखिएको फिदिम बजारको रमणीय दृष्य ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी)लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा बजारमा निर्माण गरिएको सडक बगैँचामा दुवो लगाउँदै मजदुर ।

हुम्लामा विद्युत् आपूर्ति बन्द भएपछि छिमेकी जिल्ला मुगुबाट खच्चडमा ग्यास बोकाएर ढुवानी गरिँदै ।

सिमकोट विमानस्थलबाट बजारमा खानेपानी ओर्सानका लागी प्रयोग गरीने प्लास्टिकका भाँडा अनुहारनै छोपिनेगरी बोकेर हिँड्दै गरेकी एक स्थानीयबासी महिला ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै । सो अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताउनुभयो ।

दशैँका लागि लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा बेनी हुँदै पोखरातर्फ लगिँदै ।

म्याग्दीको बेनी नगरपालिका–२, फापरखेतमा लटरम्म फलेको टिप्ने वेला भएका टिम्मुर । टिम्मुरलाई हाडजोर्नी दुख्दा, पेट दुख्दा, लेक लाग्दा औषधिका रुपमा प्रयोग गर्न सकिन्छ भने अचारका रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी