×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भक्तपुरका किसानलाई मखमली फूल टिप्न चटारो, पोखराको शिवमूर्तिमा पर्यटकको चहलपहल बढ्दो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : भक्तपुरका किसानलाई मखमली फूल टिप्न चटारो, पोखराको शिवमूर्तिमा पर्यटकको चहलपहल बढ्दो

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा  गरिएको फूलखेतीमा मखमली फूल टिप्दै गरेका किसानदेखि पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा  गरिएको फूलखेतीमा मखमली फूल टिप्दै  किसान ।

पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ ।

सप्तरीको खडक नगरपालिका– १० मा कात्तिक १ र २ मा आएको अविरल वर्षा र हावहुरीले क्षति पु¥याइएको केरा बगान । १५ बिघा क्षेत्रफलमा लगाएको केरा बगानमा तयारी हुन लागेको करीब तीन हजार ५०० घारी नष्ट भएको छ ।

महाकाली राजमार्गको बैतडीको दोगडाकेदार गाउँपालिका– ३ स्थित खिरेगाउँमा खाद्यान्न सामग्री बोकेका खच्चर । यहाँका ग्रामीण सडक अवरुद्ध हुँदा खच्चरमार्फत खाद्यान्न ढुवानी गरिन्छ ।

भक्तपुर योसीङख्योमा घर भित्र्याउन सुकाएको धान सफा गर्दै किसान ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ सिद्धिडाँडा क्षेत्रमा टिपेर राखेको अलैँची सफा गर्दै वृद्धा ।

दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् ।

बिक्रीका लागि माटोको भाँडा बनाउँदै धनगढीका एक कुमाले ।

म्याग्दीको धारापानीबाट देखिएको फूल र हिमालको मनमोहक दृश्य ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी