काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे) लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेको थियो ।
जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिए।
बजार अनुगमनका क्रममा उक्त कार्यमा सङ्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल रु तीन लाख जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्