×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपाल लिमिटेडको २८औं वार्षिक साधारणसभा कात्तिक ११ गते हुने, प्रस्तावित नगद लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युनिलिभर नेपाल लिमिटेडको २८औं वार्षिक साधारणसभा कात्तिक ११ गते हुने, प्रस्तावित नगद लाभांश पारित गरिने

Artha Sarokar

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २८औं वार्षिक साधारणसभा कात्तिक ११ गते बिहिबार हुने भएको हो । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएको छ । उक्त सभा भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत हुन लागेको हो ।

यस सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुने भएको छ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेण्डा पनि रहेको छ ।

यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने रनिर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन् । साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसकारण असोज २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र साधारणसभामाा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी