×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपाल लिमिटेडको साधारणसभा बिहिबार, यस्ता छन् पेस हुने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युनिलिभर नेपाल लिमिटेडको साधारणसभा बिहिबार, यस्ता छन् पेस हुने एजेन्डाहरु

Artha Sarokar

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिलिभर नेपालको वार्षिक साधारणसभा आज बिहिबार हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएको हो । कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत साधारणसभा गर्न लागेको जनाएको छ ।
सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने एजेण्डा पनि रहेको छ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल हुने पनि कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि रहेका छन् । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी