×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशी हाइड्रोपावरको १२औं र १३औं वार्षिक साधारणसभा मंगलबार हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

अपर तामाकोशी हाइड्रोपावरको १२औं र १३औं वार्षिक साधारणसभा मंगलबार हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको १२औं र १३औं वार्षिक साधारणसभा असोज १९ गते मंगलबार हुने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक साधारणसभा गर्न लागेको हो । सभा नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । उक्त सभम भर्चुअल माध्यमबाट जुम एप्लिकेसनमार्फत गरिने भएको छ ।

सभामा दुवै आर्थिक वर्षमा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेण्डा रहेको छ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । यसैगरी सम्बन्धित आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने पनि रहेको छ । सभा प्रयोजनका लागि असोज ४ गते बुक क्लोज गरिएको छ । जसकारण असोज ३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: