काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताउनुभयो ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको जनाउँदै उहाँले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढङ्गबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिनुभयो । खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासितसमेत बनाउन सहयोग गर्ने उल्लेख गर्दै उहाँले मन्त्रालयमातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार बिहान विद्युतीय सवारीसाधनको ¥यालीको आयोजना गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्