×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्षेपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्षेपण

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
चालू आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको र आर्थिक वर्ष २०७७/७८ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको थियो । नेपालको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको देखिएको विश्व बैंकले जनाएको छ ।
नेपालले खोप अभियान तीव्र गरिएका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमासमेत सकारात्मक सुधार देखिने विश्व बैंकको अनुमान रहेको छ । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी