काठमाडौँ । भाडा समायोजनको माग राख्दै काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सोमबार सेवा बन्द गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको हो । यातायात व्यवसायीहरुले उपत्यकाका बिभिन्न स्थानमा सडकमा नै आफ्ना बस, ट्याक्सिलगाएतका सवारी रोकेका छन् ।
व्यवसायीको प्रदर्शनका कारण चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । अन्य समयको तुलनामा सोमबार गाडी कम हुँदा सडकमा सर्वसाधारण समस्यामा परेका छन् । ट्याक्सि यातायात व्यवसायी टेकराज सोडारीले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि विरोध गर्नुपरेको बताउनुभयो ।
सरकारले आफुहरुको माग पुरा नभएको भन्दै यसअघि यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका थिए । तर आफुखुसी भाडा बढाएको भन्दै ट्राफिक प्रहरीले कारवाही गरेको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्