×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सार्वजनिक यातायातको भाडा ! यात्रुले अब चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बढ्यो सार्वजनिक यातायातको भाडा ! यात्रुले अब चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा बढेको छ । बाग्मती कात्तिक १ गतेदेखि लागू हुने गरि प्रदेशमा चल्ने स्थानीय र छोटो रुटको भाडा बढाएको हो । नयाँ भाडादरअनुसार अब सार्वजनिक यातायातमा चढ्ने बित्तिकै १८ रुपैयाँ भाडा तिर्नुपर्छ ।
प्रदेशले ५ किलोमिटरको भाडा १८ रुपैयाँ, १० किलोमिटरसम्मको भाडा २३ रुपैयाँ तथा १५ किलोमिटरसम्मको भाडा २७ रुपैयाँ पुर्याएको छ । यस्तै यातायात व्यवसायीले २० किलोमिटरसम्म यात्रु चढेमा ३० रुपैयाँ भाडा लिन पाउनेछन् ।
यातायात व्यवसायीहरुले भाडा बढाउन माग राख्दै वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरमा धर्ना दिंदै आएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी