×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो १ करोड ४७ लाख रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आरम्भ चौतारी लघुवित्तद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो १ करोड ४७ लाख रुपैयाँ खुद नाफा

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा १५ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी ६३.५० प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन नाफा १०.३५ प्रशितले घटेको छ ।

कम्पनीले कर्जा लगानी ६६ प्रतिशतले बढाएको छ भने निक्षेप संकल ६३.५० प्रतिशतले बढाएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ११ पैसा रहेको छ । रिजर्भ कोषमा १७ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २८ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको खराब कर्जा २.७१ पैतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी