काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार कात्तिक ३० गतेबाट हुने भएको छ । आरम्भ चौतारीले देउरालीलाई एक्वायर गरेर कात्तिक ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।
राष्ट्र बैंकले दुवै संस्थालाई एकीकृत कारोबार गर्न कात्तिक १ गते अन्तिम स्वीकृत दिएको थियो । राष्ट्र बैंकले देउरालीलाई १ः०.८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएको हो । एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाटै हुनेछ ।