×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा मंसिर २७ गते हुने, १३.५ प्रतिशत लाभाशंसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा मंसिर २७ गते हुने, १३.५ प्रतिशत लाभाशंसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंसिर २७ गते हुने भएको हो । सभामा १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको छ । सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर १० गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी