×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उच्चस्तरीय टोलीद्धारा तोतोपानी नाकाको स्थलगत अनुगमन, व्यापार सहज बनाउने विषयमा छलफल

काठमाडौं । सरकारको उच्चस्तरीय टोलीले तोतोपानी नाकाको स्थलगत अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा तोतोपानी नाकाको स्थलगत अनुगमन भएको हो । अनुगमन टोलीमा भन्सार, पारवहन, परराष्ट्र, गृह र वाणिज्यका अधिकारी सहभागी थिए । तोतोपानी नाकाको सहजीकरण कसरी गर्न सकिन्छ र व्यापार दोब्बर बनाउन गर्न सकिने सबै उपायबारे सरोकारवालासँग प्रतिनिधि मण्डलले छलफल गर्ने भएको छ  ।

अनुगमनमा संलग्न अधिकारीले नाकाको समस्या र अब गर्नुपर्ने कामबारे लिखित प्रतिवेदन तयार गर्ने र सोही आधारमा सरकारले नाकाबाट व्यापार सहज गर्नका लागि योजना बनाउने भएको छ । कोभिडलाई कारण देखाउँदै झण्डै डेढ वर्षदेखि उत्तरतर्फको नाका हुँदै हुने व्यापारमा समस्या देखिएको छ । अहिले तातोपानी र रसुवागढी भएर जम्मा २० कन्टेनर मालसामन नेपाल भित्रिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: