काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यक्ता रहेको औंल्याएका छन् ।
उनले प्रेस सेन्टर नेपाललाई समृद्धिको प्रवक्ताको रुपमा काम गर्न समेत आग्रह गरे । यस्तै उनले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस)लाई आग्रह गरे । जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रको रुपमा रहेको राससलाई थप परिस्कृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधै तयार रहेको उनले बताए ।
उनले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने आवश्वासन दिए । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका उनले जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
युद्धको जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको पक्षमा प्रतिवद्ध भएर कलम चलाउनुका साथै गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिएो । कृष्णसेन इच्छुक जस्ता शहिदको बलिदानले स्थापित भएको संगठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उल्लेख गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्