×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माको जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माको जोड

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौँडा । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गरे । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गरका छन् । ‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उनले भने, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिएका छन् ।

साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उनले त्यसलाई आक्रमणको निरन्तरता भएको बताए । ‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उनले भने, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’ मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने पनि बताए । यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने उनको भनाइ रहेको छ । वाईसीएलको हेटौँडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले खादा ओढाएर स्वागत गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी