काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासंग आज मन्त्रालयमा भेट गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/७८ मा सतप्रतिशत बृद्धि भएको र चालु आर्थिक बर्षमा अझ बृद्धि हुने बताउँदै सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागिसमेत आग्रह गरे ।
उत्त भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले मिति २०७८ मसिंर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको आउदो ४५औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोध समेत गरेको नाडाले जनाएको छ । उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्