×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावर कम्पनीको खुद नाफामा १९.२३ प्रतिशतको वृद्धि, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८१ पैसा (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अरुण काबेली पावर कम्पनीको खुद नाफामा १९.२३ प्रतिशतको वृद्धि, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८१ पैसा (विवरणसहित)

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण काबेली पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणप्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको तुलनामा १९.२३ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्ष २२ करोड ५२ लाख रुपैयाँको विद्युत् बिक्री गरेको कम्पनीले यो त्रैमासमा बढाएर २६ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडा कोषमा ४२ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८१ पैसा रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी