Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिटान्सबीच सम्झौता, रकम सरल र सुलभ रुपमा भुक्तानी गर्न पाईने

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिटान्स प्रा.लिबीच सम्झौता भएको छ । बैंकले मोडर्न रेमिटान्स प्रा.लि.सँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पुर्याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट मोडर्न रेमिटान्स प्रा.लिमार्फत पठाएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरुमार्फत सरल र सुलभ रुपमा सम्बन्धितहरुले भुक्तानी गर्न पाउन सक्नेछन् ।

बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK