×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूले गर्यो बुक क्लोज मिति तय, मंसिर २९ गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमान्डूले गर्यो बुक क्लोज मिति तय, मंसिर २९ गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डूले बुक क्लोज मिति तय गरेको छ । यस्तै बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले मंसिर २९ मा सभा गर्ने निर्णय गरेको छ । यता बैंकले सभा प्रयोजनका लागि मंसिर १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभामा बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी