×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच सम्झौता, क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १०% छुट पाईने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: