काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ५६४.९२ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १६ लाख १५ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ७०.८७ प्रतिशतले बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । हेवा खोला जलबिद्युत आयोजना पूर्ण रुपमा सञ्चालन भएकोले गर्दा नाफा बढेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५९ पैसा रहेको छ । रिजर्भ कोषमा १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्