काठमाडौं । बीमा समितिले साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । बीमा समितिले नेपालमा संचालित २० निर्जिवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र २ पुनर्बीमा कम्पनी गरि कुल ४१ वटा कम्पनीहरुलाई आफ्नो साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको हो ।
समितिले प्रत्येक बीमकले केन्द्रिय/प्रादेशिक कार्यालय लगायत सम्पूर्ण शाखा/उपशाखा र एक्सटेन्सन काउन्टरहरुमा पत्र प्राप्त भएको एक महिनाभित्र साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त वाक्यांश राखी सक्न भनेको छ ।