काठमाडौं । नियामक निकाय बीमा समितिलाई झुक्याउने शिशिर सुवेदी र हेमराज भट्ट कारवाहीमा परेका छन् । गैह्रकानुनी काम गरेका कास्कीको हङ्शपुर ४ का शिशिर सुवेदी र दार्चुलाका अपि ९ का हेमराज भट्टलाई समितिले कारवाही गरेको हो । कास्कीका सुवेदीले समितिले आयोजना गरेको बीमा सर्भेयरको आधारभूत तालिममा सहभागी हुन्छु भन्दै निवेदन दिएका तर आफू सहभागी नभई अर्को व्यक्तिलाई सहभागी गराई समितिलाई झुक्याएका कारण कारवाहीमा परेका हुन् ।
यससँगै समितिले निज सुवेदी र भट्टलाई बीमा समितिको सर्भेयर तालिमसम्बन्धि कार्यविधि २०७२ को दफा १२ को उपदफा १ बमोजिम कारवाही गरिएको समितिले जनाएको छ । उक्त दफा बमोजिम तालिम लिन इच्छुकले तालिम कार्यक्रमको पुरै अवधिभर उपस्थिति जनाउनुपर्ने भन्ने व्यवस्था रहेको छ । समितिले यी दुबैलाई आगामी ५ वर्षसम्म बीमा समितिबाट सञ्चालन हुने सर्भेयर वा अन्य पेशागत तालिममा सहभागी हुन नपाउने गरी रोक लगाइएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्