×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक करोड ७६ लाख ५४ हजारको लागतमा गाउँपालिकाको भवन निर्माण कार्य सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक करोड ७६ लाख ५४ हजारको लागतमा गाउँपालिकाको भवन निर्माण कार्य सम्पन्न

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खोटाङ । केपिलासगढी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । गाउँपालिकाको एक करोड ७६ लाख ५४ हजारको लागतमा तीनतले भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह थालिएको हो । सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा र उपशाखा समेटिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ देखि बहुवर्षीय योजना बनाएर भवन निर्माण गरेको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिनुभयो । बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको पाँच वर्षसम्म तत्कालीन बाक्सिला गाविस र पृथ्वी माविको जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । चार वर्षमा निर्माण गरिएको सो भवनको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हीराकुमारी वन (गिरी)ले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि सात स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले भवन निर्माण गरी सेवा प्रवाह थालेका हुन् । साकेला र ऐसेलुखर्क गाउँपलिकाले नयाँ भवन निर्माण गरिरहेका छन् ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी