Skip to content
LAXMI SUNRISE BANK

क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न, बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा

अर्थ सरोकार

काठमाडौं । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताकोे तालिम सम्पन्न भएको छ । कृषि तथा पशुपन्क्षी बीमाको लागि कम्पनीको लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि मिति कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।

 

 

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK