×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेतृत्व परिवर्तन हुँदा पनि परिवर्तन नहुने गरी ४० वर्षे औद्योगिक नीति ल्याउन उद्योगी व्यवसायीको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेतृत्व परिवर्तन हुँदा पनि परिवर्तन नहुने गरी ४० वर्षे औद्योगिक नीति ल्याउन उद्योगी व्यवसायीको माग

Artha Sarokar

९ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले दीर्घकालीन औद्योगिक नीति ल्याउन सरकारसँग माग गरेको छ । उद्योग दिवसको अवसरमा वीरगञ्जमा बिहीबार आयोजित कार्यक्रममा उनीहरुले राजनीतिक नेतृत्व परिवर्तन हुँदा पनि परिवर्तन नहुने गरी २० वर्षे वा ४० वर्षे औद्योगिक नीति ल्याउन सरकारसँग माग गरेको हो ।

अस्थिर राजनीति र राजनैतिक नेतृत्वको स्वार्थले औद्योगिक नीतिमा परिवर्तन हुँदा उद्योगी व्यवसायी मर्कामा पर्ने गरेको उनीहरुको भनाई छ । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले राजनैतिक अस्थिरताको मारबाट मुक्ति पाउन २० वर्षे औद्योगिक नीति आवश्यक रहेको बताएका छन् ।

यस्तै नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले विदेशी लगानी भित्र्याउँदा स्वदेशी उद्योगलाई मर्कामा पार्न नहुने बताए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ बोकेर आउँदा पनि समात्ने हुँदा ‘हुण्डी’ फस्टाएको बताएका छन् । यसैगरी युवा व्यवसायी आशिष लाठले सरकारले उद्योगधन्दालाई आर्थिक मेरुदण्डको रुपमा लिनुपर्ने बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी