काठमाडौं । हेवी इक्युप्मेन्टको जगतमा विश्वभर ख्याती प्राप्त गरेको Bobcat का लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा.लि.ले नेपाली भूगोलका लागि उपयुक्त हुने(Bobcat B 760)ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरे संगै बुकिंग पनि खुला गरेको छ । उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाललगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो ।
(Bobcat B 760)लाई नेपालका तराई,पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरि सार्वजनिक गरिएको हो । उक्त मेसिनमा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको थियो । अमेरिकी प्रविधीबाट निर्मित (B 760) मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ ।
उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्तिसमेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबीसमेत कम्पनीले गरेको छ। यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।
७४ बर्षको सफल इतिहास बोकेको (Bobcat) ले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ। हाल संचालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं.१ मा रहेको कम्पनीले दाबी गरेको छ ।
हाल नेपालका काठमाण्डौ,नारायणगढ, बुटवल, धनगढी, नेपालगंज, पोखरा, विरगंज र इटहरीलगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट (Bobcat B 760 ) को बुकिंग गर्न सकिनेछ । (Bobcat B 760) ब्याक्हो लोडर सम्बन्धी थप जानकारीका लागि कम्पनीको हटलाईन सेवा ९८०११६४९९१ मा सम्पर्क गर्न सकिनेछ वा वा www.bobcatnepal.com मा गई जानकारी प्राप्त गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्