काठमाडौँ । आफु कुमारी बैंकका कामु सीइओ अनुजमणिको मान्छे हुँ’ भन्दै एक व्यक्तिले अर्थ सरोकारकर्मीमाथि हातपातको प्रयास गरेका छन् ।
बिहिबार विहान विहानी सिफ्टका लागि अर्थ सरोकारको कार्यालय आउनुअघि कोटेश्वरको एक चिया पसलमा चिया पिउने क्रममा उनीमाथि हातपातको प्रयास भएको हो ।
‘साथीसँग कुमारी बैंकमा भएको किर्ते ऋण काण्डका बारे कुराकानी भईरहेको थियो । मैले सीइओ पनि तानिएको भन्ने समाचार पढेको कुरा गर्दै थिएँ । एक्कासी अर्को टेबलमा चुरोट पीइरहेका व्यक्तिले, ‘मेरो दाईलाई जे पाए त्यहि भन्छस् ?’ भन्दै कठालो समातेर, ‘हात खुट्टा भाच्न नपरोस्’ भनेर थर्काएर हिंडे । सुरुमा त कोहि बौलाहा हो कि भन्नेजस्तो लागेको थियो, त्यहि भएर खासै केहि भएन, तर बाटोमा पनि अर्का एक व्यक्तिले शंकाद्पद व्यवहार गरेपछि मैले कार्यालयमा यो कुरा सेयर गरेको हो ।’ हातपातको प्रयासमा परेका अर्थ सरोकारकर्मीले भने ।
यस विषयमा अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले घटना खेदजनक भएको भन्दै आपत्ति जनाएका छन् ।
‘मैले यस विषयमा बैंकमा जानकारी गराईसकेको छु । अनुजजी सम्पर्कमा आउनुभएन । विहान अन्तर्वार्ता भएकाले ढिलोगरी जानकारी भयो । प्रहरीमा खबर गर्छु ।’ अर्थ सरोकारका प्रमुख प्याकुरेलले भने, ‘समाचारको विषयमा चित्त नबुझे जाने ठाउँ छ । तर सार्वजनिक रुपमा उठेको कुरालाई कतै कुरा गरेकै आधारमा सार्वजनिक रुपमा हातपातको प्रयास गरिनु दुखद् छ ।’
उनले यस विषयमा आज नै पत्रकार महासंघमा समेत जानकारी गराइने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्