बलेवा । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ।
बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतबार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन सुमधुर बनाउनाका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालयलगायत म्याग्दी,बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुङ्गा सावित हुने बताए । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए ।
पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्