काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सेन्चुरी बैंक खाता ’’खल्ती’’सँग लिङ्क गर्ने जोकोहीले १०० बोनस प्राप्त गर्ने भएको छ । साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ । त्यसै गरि प्रयोगकर्ताको ’खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ । १०० बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म ’खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।
अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसी भन्छन् “हामीले मानिसहरूलाई डिजिटल भुक्तानीहरू प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौं । अब ग्राहकले पटक पटक पैसा लोड गर्ने झन्झट झेल्नु पर्दैन । धेरै मानिसहरू यो सेवालाई बढी रुचाउँछन् किनभने यसले उनीहरूलाई लिङ्क गरेको एक बैंकबाट कुनै पनि बैंक मा सेकेन्ड मै पैसा पठाउन सकिन्छ ।“
सेन्चुरी बैंक खाता ’खल्ती’मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छः
- ’खल्ती’ को होमस्क्रिनमा रहेको ‘Link Bank Account’ मा ट्याप गर्ने
- त्यहाँ “लिंक बैंक टु खल्ती“ मा ट्याप गर्नुहोस्
- सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा ‘Tap’ गर्नुहोस्
- जानकारी ठिक छ भने ‘लिंक बैंक प’ मा ट्याप गर्नुहोस्
- आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्यापगर्नुहोस्
- तपाईंको ‘’खल्ती’’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ।
यस लगायत ‘खल्ती’ मा थप १६ बैंक को खाता लिंक गर्न सकिन्छ।
’खल्ती’ डिजिटल वालेट
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ’’खल्ती’’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ। ’खल्ती’’’ वालेटको प्रयोग गरी ६०+ बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘’खल्ती’’ एप Khalti.com/appमा गइ डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि आकृती शर्मा लाई ([email protected]) मा ईमेल गरि बुझ्न सकिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्