काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले कर्मचारीलाई हातपात गरेको विषय अहिले चर्चाको विषय बनेको छ । कात्तिक २० गते शनिबार लण्डनबाट नेपाल फर्किएका सीईओ रेग्मीले विमानस्थलको भन्सार जाँचपासका कर्मचारीमाथि हातपात गरेको समाचार अहिले चर्चाको विषय बनेको हो । यस्तो समाचार बाहिर आएपछि पर्यटनमन्त्री प्रेम आले रुष्ट बनेका छन् । सिइओ रेग्मी जाँड खाएर झ्यापमा थिए ।
उनले आफ्नो व्यागमा ६ बोतल मदिरा ल्याएका थिए । सोही मदिरा चेकजाँच गर्दा रेग्मीले थापालाई झापड हानेका हुन् । भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए ,‘साथमा कतिजना हुनुहुन्छ ?’ प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि एक थप्पड मात्रै लगाएनन् र भने ,‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ ।’
यति मात्रै नभई उनले ६ बोतल रक्सी मन्त्री आले, सचिव यादव प्रसाद कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीको समेत भएको दाबी गरेका छन् । जाँचपासमा खटिएका कर्मचारीमाथि कुटपिट गरेपछि रेग्मीलाई भन्सार अधिकृतले नियन्त्रणमा लिएको हो । मदिरा जफतसहित उनलाई ५ हजार जरिवाना समेत गराइएको छ । जाँड खाएर विमानस्थलको कर्मचारीमाथि हातपात गरेको हुनाले रेग्मीलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्