×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छुट सुविधाले खाद्यको चामल सकिँदै, जुम्ला शाखाबाट मात्रै चार लाख ६३ हजारको चामल बिक्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छुट सुविधाले खाद्यको चामल सकिँदै, जुम्ला शाखाबाट मात्रै चार लाख ६३ हजारको चामल बिक्री

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले दसैँ, तिहार र छठपर्वलाई लक्ष गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन लागेको छ । जिल्लाको सात गाउँपालिकालाई ७०० क्विन्टल र चन्दननाथ नगरपालिकालाई ३०० क्विन्टल चामलको कोटा तोकिएको थियो ।
दसैँका बेला यहाँका वासिन्दाले अत्यधिक मात्रामा चामल लिएकाले तिहार र छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो । उक्त लिमिटेडले चाडपर्वका बेला एक हजार क्विन्टल चामलको कोटा छुट्याएको थियो । कम्पनीका प्रमुख तिलक सुनारले भन्नुभयो, “छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको छ । यसरी चामल वितरण गर्न थालेकाले उपभोक्ताको भिड लाग्न थाल्यो । चामल पनि सकिन थालिसकेको छ ।”
कम्पनीका अनुसार ९२२ दशमलव ६० क्विन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा बिक्री भए तिहार, छठसम्म पुग्दा छुट सुविधाको खाद्यान्न अभाव हुने भएको छ । हाल छुट सुविधाको चामल ७८ क्विन्टल मात्रै बाँकी रहे पनि चामल लिनेको भिड रोकिएको छैन ।
थप एक हजार क्विन्टल चामल पठाउन माग गरिएको आइपुगे अभाव हुनेछैन । यहाँको आवश्यकताबमोजिम एक हजार क्विन्टल मागेका छौँ । केन्द्रले ५०० क्विन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज एक गतेदेखि वितरण सुरु गरिएको थियो । हालसम्म एक हजार ५३७ जनाले चामल लिएको शाखा कार्यालयले जनाएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन् । अब झनै छुट सुविधाको चामल किन्नेको घुइँचो लाग्ने देखिएको छ ।
कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकावासीले छुट सुविधाको चामल अत्यधिक लिएका छन् भने अन्य स्थानीयतहले निकै कम मात्रमा चामल लिएका छन् । उक्त शाखा कार्यालयबाट रु चार लाख ६३ हजार बराबरको छुट सुविधाको चामल बिक्री भएको जनाइएको छ । छुट सुविधाबाहेक साढे ७०० क्विन्टल मौज्दात रहेको र थप छ हजार क्विन्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी