×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित, नयाँ कार्यसमितिले यस्तो घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित, नयाँ कार्यसमितिले यस्तो घोषणा

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चन्द्रागिरि उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाबाट व्यवसायका क्षेत्रमा परेको असरलाई माथि उठाउन नगरपालिकाले सक्दो सहयोग घोषणा गरेको छ । लगानीमैत्री वातावरण तयार र निजी क्षेत्रको थप प्रवद्र्धन गर्न नगरपालिकाले ध्यान दिएको छ ।”
सङ्घको निवर्तमान अध्यक्ष राजेन्द्रविक्रम बानियाँले नगर क्षेत्रमा आर्थिक गतिविधि प्रवद्र्धन गर्न सङ्घ गठन भएको जानकारी दिँदै आफ्नो कार्यकालमा निजी क्षेत्रको व्यवसायलाई माथि उठाउने महत्वपूर्ण काम भएको बताउनुभयो । काठमाडौँको पहिलो नगर उद्योग सङ्घका रूपमा ‘चन्द्रागिरि उद्योग वाणिज्य सङ्घ गठन’ भएको थियो । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी