काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत वर्र्षकोभन्दा ६ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २२ करोड ३२ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष यसै अवधिमा विद्युत बिक्रीबाट ३६ करोड ३९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस त्रैमासमा विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै सञ्चालन नाफा पनि ५.४२ प्रतिशतले घटेर २३ करोड ५९ लाख ७ हजार रुपैयाँ पुगेको छ ।
यस कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४९ पैसाबाट घटेर १२ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ २५ पैसाबाट घटेर १६३ रुपैयाँ ९२ पैसा पुगेको छ । रिटेन्ड अर्निङ ४ अर्ब ३ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्