काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेके छ । कम्पनीले पहिलो त्रैमासमा १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३५.१३ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको ब्याज आम्दानी पनि ३ करोड १२ लाख रुपैयाँबाट बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेवा शुल्क तथा कमिसन आम्दानी पनि २२ करोड ९९ लाख रुपैयाँबाट बढेर २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६४ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको यस त्रैमासमा ९९.३१ प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
यस्तै जगेडा कोष पनि ८ अर्ब २८ करोड रुपैयाँबाट बढेर १९ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३२ रुपैयाँ ८६ पैसाबाट घटेर २४ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँबाट घटेर १५२ रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्